‘भिजिट नेपाल–२०२०’ मा जमे पासाङ


काठमाडौं, (नेस)
‘भिजिट नेपाल–२०२०’ का लागि २० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्यमा साथ दिन जुटेका छन् पर्यटन व्यवसायी आङ पासाङ शेर्पा। पीके एभरेस्ट ट्रेकिङका महाप्रबन्धक पासाङ विदेशी पर्यटकहरू नेपाल ल्याउन उत्साहित गर्ने कार्यमा लागिपरेका हुन्। विशेषतः होमस्टेको माध्यमबाट विदेशी पाहुनाहरूको आकर्षणलाई बढावा दिन होमस्टेलगायतका अतिथि सत्कार तालिममा सक्रियतापूर्वक लागिरहेका छन्।

आफूले ओखलढुंगाको खिम्दीदेखि सोलुखुम्बुको खुम्बुसम्म यस्ता सामाजिक कार्य गरेको उनले बताए। यस्तै उनी निःशुल्क आँखा, दन्त शिविरजस्ता सामाजिक कार्य गरेर ओखलढुंगाका विभिन्न स्थानमा सम्मान पाएका उनी रक क्लाम्बरसमेत हुन्।

रक क्लाम्बिङमा स्वदेशी तथा विदेशीलाई प्रशिक्षित गर्दै आएका पासाङले साना–ठूला धेरै रक क्लाम्बिङ गरिसकेका छन्। उनले गत वर्ष अस्ट्रियाका विदेशी पाहुनाका साथमा सोलुखुम्बुको सिमानामा पर्ने ६ हजार ४ सय ६४ मिटर अग्लो मेरा पिक र ५ हजार ८ सय ४० मिटर अग्लो आमालाप्चा र ६ हजार २ सय १० मिटर अग्लो आइसल्यान्ड पिक एकसाथ ७ दिनमा आरोहण गरेर रेकर्ड राखेका थिए।