प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । भारतमा लोकसभा निर्वाचन जितेर दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको सपथ समारोहमा पुगेका ओली शुक्रबार स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्री ओली बिहीबार नै नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तासमेत भएको थियो ।

शिष्टाचार भेटवार्तामा दुवै मुलुकका प्रधानमन्त्रीले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।