मन्त्री विष्टको गृह जिल्लामा एक सय ५० जनालाई रोजगारी


अनिल खत्री, गुल्मी ।
गुल्मीका स्थानिय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिन सुरु गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय ५० जनालाई रोजगार प्रदान गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनु भयो ।
गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा काम गर्ने गरि रोजगार प्रदान गरिएको हो । ३० दिन बराबरको काम गर्ने गरि रोजगार कार्यक्रमको शुक्रवार एक समारोहको आयोजना गरेर सुभारम्भ गरिएको छ ।

गाउँपालिकिाले रोजगारीमा छनोट भएकाहरुलाई आबश्यक सामाग्री समेत हस्तातरण गरिएको छ । रोजगार कार्यक्रम अन्र्तगत ४ जना स्वास्थ्य संस्थामा, १५ जना कृषि र पशुपालनमा, १५ जना सिंचाई कुलो मर्मतमा, ७ जना बिद्युत मर्मतमा, १५ जना खानेपानी मर्मतमा ८१ जना सडक मर्मतमा काम गर्ने गरि रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताउनु भयो ।

छनोट भएकाहरुले गाउँपालिका भित्र तोकिएको ठाउँमा काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो आर्थिक वर्ष १ सय ५० जनालाई रोजगार प्रदान गरेपनि अर्को आर्थिक वर्षमा थप गरिने अध्यक्ष पोखरेलले बताउनु भयो ।

गाउँपालिका भित्र वडाहरुमा बेरोगार दर्ता संकलन गरिए अनुसार घरमा कुनैपनि रोजगारीमा नगएका, एकल महिला र बिपन्न परिवारलाई रोजगारि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । रोजगार कार्यक्रम अन्र्तगत प्रति दिनको ५ सय १७ रुपैयाँ पाउने गाउँपालिकाले जनाएको छ ।

धुर्कोट गाउँपालिका १२ सय जनाले बेरोजगार सुचिमा नाम दर्ता गराएका थिए । गाउँपालिका श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको क्षेत्र हो । गुल्मीका अन्य स्थानिय तहले पनि रोजगारी दिनको लागि तयारी गरिरहेका छन् ।