जब मदिरा सेवन गरे तब साथी–साथीबीच नै भयो चक्कु प्रहार !

0
Shares

नुवाकोट ।
जिल्लाको लिखु गाउँपालिका– ३ चौखडामा साथी–साथीबीच नै चक्कु हानाहान भएको छ । चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।
कन्चनपुर जिल्ला बेलौरिया नगरपालिका वडा नं २ बस्ने भरत राना, राम मिलन राना र जिल्ला कन्चनपुर लालझडी गाउँपालिका– १ बस्ने पुरुषोत्तम रानाबीच झगडा भएको प्रहरीले जनाएको छ ।

यी तीन मध्ये घाइते हुने पुरूषोत्तम हुन् । उनको काठमाडौँस्थित ग्रिनसिटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उनीहरुले संगै बसेर मदिरासेवन पश्चात झगडा परेपछि चक्कु हानाहान गरेका हुन् ।

उनीहरु तीनै जना नुवाकोट चौखडाको नेपाल विद्युत प्राधिकरणको टावर निर्माणमा खटिएका कामदार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले घटनापश्चात फरार भएका भरत र रामकिलनलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।
घटनाबारे थप विवरण आउन वाँकी छ ।