अव्यवस्थित निर्माणले सडकमा दुर्घटनाकाे जोखिम


गोकुल घोरसाइने, बारा ।
पछिल्लो समय नया सडक निर्माणको कामले गति लिएसंगै बारामा दुर्घटनाको जोखिम पनि बढेको छ । निर्माण कम्पनीले उपकरण, मालवाहक सवारी साधन लगायत निर्माण सामाग्रीलाई सडकमै जथाभावी छोड्नाले दुर्घटना जोखिम बढेको हो ।

सडक निर्माणमा संवेदनशील भएर काम नगर्दा तथा सुरक्षा र सावधानीका उपायहरु नपनाउ“दा दुर्घटना भइरहेको छ । निर्माण कम्पनीको मनोमानी, अव्यवस्थित निर्माण प्रक्रिया र त्यसको अनुगमन गर्ने निकायको कमजोरीले दुर्घटना जोखिम बढेको हो । सडक निर्माणमा देखिएको बेथितीले सवारीमा आवागमन गर्ने यात्रुहरुले जोखिम बेहोर्नु परिरहेको छ ।

जिल्लामा निर्माणधिन रौतहटको कटहरिया जोड्ने कलैया–मलाही सडक, हुलाकी मार्ग अन्तर्गतको दक्षिणी सिमावर्ति क्षेत्रबाट महेन्द्र राजमार्ग जोड्ने मानमत–मटिअर्वा, तामागढी–सिम्रौनगढ लिङ्करोड तथा मधेसको लाइफ लाइन मानिने पुर्व–पश्चिम हुलाकी मार्गमा अव्यवस्थित निर्माण कार्य हुदै आएको छ । हुलाकी मार्गअन्तर्गत वीरगन्जको प्रतिमा चोकदेखि बरियारपुरसम्म जोड्ने सडक र कालोपत्रे भइरहेको बरियारपुरदेखि रौतहटको सिमानासम्म जोड्ने हुलाकी मार्गमा पनि समस्या उस्तै छ ।

बरियारपुरदेखि रौतहटको सिमानासम्म जोड्ने सडकमा कालोपत्रे गर्ने क्रममा अलकत्राका ड्रमहरु, पींच निर्माणमा प्रयोग गरिएका मेसिनहरु सडकमा यत्रतत्र त्यसै छाडिएका छन । यसैगरी पुर्वाधार विकास कार्यालयबाट निर्माण भइरहेको रौतहटको कटहरिया जोड्ने कलैया–मलाही सडकमा ओटासिल सडक निर्माणको क्र्रममा राखिएका ससाना गिट्टी (क्रसर रेन मेटेरियल) नपन्छाउदा सवारी चिप्लिएर दिनहु दुर्घटना भइरहेको छ । राष्ट्रिय ग्रामीण यातायात सडक सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत १२ करोडको ठेक्कामा १६ किमी निर्माण भइरहेको उक्त सडकको ठेक्का भएको पा“च बर्ष बितिसक्दा पनि हाल ५० प्रतिशतसमेत काम नभएको पुर्वाधार कार्यालयका एक इन्जिनियरले बताए । उक्त सडकमा मसिनो गिट्टी ओछ्याएर छाडिएकोले सवारी चिप्लेर दैनिक दुर्घटना भइरहेको छ ।

त्यसैगरी निर्माण क्र्रममा रहेका अधिकांशमा डाइभर्सन बनाउन ढिलासुस्ति गरिएको छ भने केहीमा खाल्डो खनेर त्यतिका छाडिएको छ । अव्यवस्थित निर्माण कार्यले सडकमा उढेको धुलोले पनि स्थानीय पिडित हुदै आएको र यात्रुहरु जोखिम मोलेर आवागमन गर्न बाध्य बनेका छन् । सडक निमा्र्रण क्रममा देखिएको बेथिती र मनोमानीविरुद्ध सरोकारवाल कोही पनि बोलेको सुनिएको छैन नत निर्माण कम्पनीहरुले नै व्यवस्थापनमा चासो देखाएको पाइन्छ ।

निर्माण कार्यको थालनीसंगै उत्साही देखिएका मधेसका स्थानीय अव्यवस्थित निर्माण कार्य र ढिलासुस्तिले बेहेर्नु परेको दुर्घटनाका कारण निरास बन्न थालेका छन । ‘सडक निर्माणकोे चर्चासंगै गाउमा खुसियाली छायको थियो, पचौरता नगरपालिका वडा नम्बर ५ का शिक्षक कैलाश यादवले भने, तर ढिलासुस्ति र अव्यवस्थित निर्माण कार्यले स्थानीय थप पिडित बनेका छन ।’ उनले उनले निमा्र्र्र्र्र्र्रण कार्यमा भइरहेको अनियमितामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।