अवैध रुपमा भिओआइपी संचालन गर्ने पक्राउ


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका(३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने भारत महराजगन्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ अन्सारीको डेरा कोठाबाट प्रहरीले ल्यापटप १ थान, जेएससि लेखिएको एरियल ३२ थान, राउटर १ थान, एयर टेल फोरजी लेखिएको डिभाईस २ थान, टिपी लिंक लेखिएको १ थान, युपिएस १ थान, चार्जर २ थान, १३ वटा सिम फिट भएको १६ सिम पोट १ थान, सिम नभएको १६ सिम पोट १ थान, केबल तार २ थान, सिम १३ थान लाभा कम्पनीको मोबाइल १ थान र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम १ थान समेत बरामद गरेको छ ।

पक्राउ अन्सारी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । अवैध ख्इक्ष्ए बिरुद्द ब्यूरोले स्थापनकालदेखि हालसम्म १ सय ८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १ सय ३० र विदेशी ३७ गरी १ सय ६७ जनालाई पक्राउ गरिएको छ ।

अवैध ख्इक्ष्ए बिरुद्द गरिएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २ हजार ३ सय ७५ थान सिम कार्डहरु र ख्इक्ष्ए मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको सो ब्यूरोले जनाएको छ ।