नेपाली सेनाको ज्वाला दल गणले गर्याे भेरी नगरपालिकालाई सामाग्री हस्तान्तरण


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट भेरी नगरपालिका ४ को वि पि बाटिकामा नेपाली सेनाको ज्वाला दल गणले पिक्नीक स्पोर्टको लागी ट̯ष्ट घर, शौचालय, पानी धारा निर्माण गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको कुइक ईम्प्याकट परियोजना अन्तर्गत ज्वाला दल गण र भेरी नगरपालिकाको सहयोगमा भेरी नगरपालिका ४ स्थित विपि वाटीकाको परिसरमा निर्माण गरेको पिक्नीक स्पोर्टको ट̯ष्ट घर, शौचालय र पिउने पानी धारा भेरी नगरपालिकालाई हस्तान्तर गरेको छ ।
शुक्रवार विहान एक कार्यक्रम गरी नेपाली सेनाको ज्वाला दल गणका निमित्त प्रमुख दिनेश कुमार खडकाले भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिलाई शौचालयको चावी र निर्माण सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

भेरी नगरपालिकाको दुई लाख आर्थिक सहयोग र नेपाली सेनाको कुइक इम्प्याकट परियोजना अन्तर्गतको एक लाख रुपैया जम्मा तिन लाख वजेटमा नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको थियो ।

जाजरकोट सदमुकाम भित्र पिक्नीक स्पोर्ट नभएकाले नेपाली सेनाको पहलमा उपयुक्त स्थान वि पि वाटिकामा निर्माण गरीएको हो । आगामी दिनमा जाजरकोटमा पिक्नीकको लागी भेरी नदी, खोलामा गएर पिक्नीक गर्ने कार्य अन्त्य भएको छ ।

निर्माण सामग्रीको चावी हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले नेपाली सेना जस्तै राजनैतिक दल,नागरिक समाज लगाएत सरोकारवाला निकायहरुले पादर्शि तरिकाले आयोजना समयमै निर्माण गरे विकास वलियो र दिगो हुने भएकोले जिल्लामा विकासले गति लिने वताउनु भयो ।

उहाँले नेपाली सेनाले गरेका हरेक कार्यक्रमहरु समयमै सम्पन्न हुने गरेकोले नेपाली सेनाले जस्तै काम गरे विकास निर्माणले गति लिने वताउनु भयो ।

पछिल्लो समय नेपाली सेनाले गरेका कार्यक्रमहरु पत्रपत्रिकाम वढ्ने गरेको वताउदै नेपाली सेनाले गरेको काम देखि प्रभावित भएको वताउनु भयो । विकास निर्माण कार्यमा ढिला सुस्ती गर्ने व्यवसायीहरुलाई कार्वाहि गरे विकास निर्माणले गति लिने वताउनु भयो ।
भेरी नगरपालिकाबाट निर्माण हुने योजनाहरु समयमै सम्पन्न नगर्ने उपभोक्ता समितिलाई भुक्तानी नगर्ने योजनामा लापर्वाही गर्ने समिति र समुहहरुलाई कार्वाही गर्ने वानीको विकास गरे समयमै योजना सम्पन्न भई विकासले गति लिने वताउनु भयो । आगामी दिन देखि बिकास निर्माण कार्यमा ढिला सुस्ती गर्नेहरुलाई छुट नदिने वताउनु भयो ।

कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका प्रमुख तथा प्रतिनिधि, सहायक प्रमुख जिल अधिकारी, नेपाल प्रहरीका प्रमुख, सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।