असिना प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, राहतको ब्यबस्था गर्न माग


नेपाल समाचारपत्र, पर्वत ।
फलेबास नगरपालिका वडा न ३ शंकरपोखरी र आसपासका क्षेत्रमा सय बर्षपछि कै सबैभन्दा ठुलो असिनापानीका कारण बालीनालीमा क्षति पुगेपछि जनप्रतिनिधी र कृषि प्राबिधीकहरुले स्थलगत अनुगमन गरेका छन ।

शंकरपोखरी लगायतका क्षेत्रमा बुधबार ठुलो असिनापानी परेपछि बिहीबार बिहानै फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा सहितको प्राबिधीक टोलीले क्षतिको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा कृषि ज्ञानकेन्द्रका प्रमुख बासुदेब रेग्मी, नेकपाका प्रदेश कमिटी सदस्य मोतीप्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन फलेबासका प्रमुख हेम शर्मा तिवारी , वडा अध्यक्ष अर्जुनवहादुर कार्की लगायतका रहेका थिए ।

असिनाले शंकरपोखरीको पुर्कोट, चाम्लाखेत, थुम्का, थापाथर, भैरबथान, भलपोखरा, देउपुजा लगायतका बस्तीमा लगाएको मकै, तरकारी, फलफु पुर्णरुपमा नष्ट भएको छ । यी बस्तीहरुमा खाद्यान्न, तरकारीबाली पुर्णरुपमा नष्ट भएको छ भने छिमेकी बस्तीहरुमा पनि ५० प्रतिशत भन्दा बढी क्षति पु¥याएको छ ।

असिना पानीका कारण मकैबालीमा सबैभन्दा बढी क्षति भएको छ । मकै यहाँको प्रमुखबाली हो । मकैको उत्पादन शुन्य भएपछि गाउँमा भोकमरी शुरु हुने देखिन्छ । पुर्कोटमा धेरै घरका छाना समेत असिनाले काम नलाग्ने गरि छियाछिया बनाएको छ । स्थलगत अनुगमनमा जनप्रतिनिधी र प्राबिधीक टोली आएपछि कृषकहरुले दुःखमा साथ दिएको भन्दै धन्यबाद दिएका थिए । राहत तत्काल नपाएपनि घाउमा मल्हम लगाउन आईपुगेको उनीहरुको भनाई थिए ।

कृषिज्ञान केन्द्रका प्रमुख बासुदेब रेग्मीले कृषकहरुले कोदोको नयाँ बिउ राखेर केही राहत लिन सक्ने भएपनि मकैबालीबाट उत्पादन शुन्य हुने अबस्था आएको बताउनुभयो । ‘धेरै बस्तीहरुमा मकै ९० देखि १ सय प्रतिशत नष्ट भएको देखियो’ स्थलगत अनुगमन पछि प्रमुख रेग्मीले भन्नुभयो ‘प्रकोप पिडीत कृषकहरुका लागि कृषक राहत कोषको आबश्यकता भैसकेको छ’ जलबायु परिर्वतनका कारण असिनाको प्रकोप बढेको उहाँको भनाई छ। पर्वतमा यो साता मात्रै केही क्षेत्रबाट सबैतिर खाद्यान्न, तरकारी र फलफुल क्षति पुग्दा करोडौ नोक्सान भएको बताउनुभयो ।

असिना पिडीतको अबस्था बुझ्न पुगेका फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले असिना पिडीतहरुको राहतका लागि स्थानिय पालिका र सबै क्षेत्रबाट राहतको पहल गर्ने आश्वासन दिनुभयो ।

‘असिनाले बालीनाली पुर्णरुपमा क्षति भएको अबस्था छ’ उहाँले भन्नुभयो ‘मुख्यबाली नै क्षति भएपछि बैकल्पिक बाली लगाउने अबस्था समेत नभएका कारण राहत बितरण गर्नुपर्ने अबस्था छ’ नगरपालिकाले दैबी प्रकोपको शीर्षकको खर्च र कृषि अनुदानको रकमबाट भएपनि कृषकलाई राहत दिने सोच बनाएको उहाँको भनाई छ ।