लुम्बिनी विकासका सदस्य सचिव ढकाल बर्खास्त


नेपाल समाचारपत्र, काठमाडौँ ।
लुम्बिनी विकास परिषद्को सदस्य सचिव विष्णुप्रसाद ढकाल पदबाट बर्खाष्त भएका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सरकार प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ढकाललाई पदबाट हटाइएको बताउनुभयो ।

यस्तै, नयाँ दिल्ली राजदूतावासमा मिनिस्टर इकोनोमी पदमा कार्यरत सहसचिव कृष्णहरि पुष्कर कर्णलाई फिर्ता बोलाउन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।