प्रथम कोरियाली परिकार प्रतियोगिता ललितपुरमा


काठमाडौँ ।
नेपाल स्थित गणतन्त्र कोरियाली दूतावासले कोरियाली परिकार बनाउने प्रतियोगीता आयोजना गर्ने भएको छ । मे ३१ अर्थात शुक्रबार दिउँसो ३ बजेबाट बेलुकी ७ बजेसम्म होटल हिमालय, लतितपुरमा प्रथम कोरियाली परिकार बनाउने प्रतियोगिताको आयोजना गर्न लागिएको दूतावासले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम चरणबाट छनौट भएका ९ जना व्यक्तिले कोरियाली परिकार मध्ये बढि रुचाईने सखरखण्ड तथा अन्य हरियो तरकारी मिसाएर बनाईने नूडल एक घण्टा भित्र तयार गर्नु पर्ने निगम रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने व्यक्तिलाई क्रमशः ५० हजार , ३० हजार, र २० हजार को पुरस्कार राषी वितरण गर्ने कार्यक्रम रहेको दूतवासका सल्लाहाकार शिवप्रसाद पोखरेलले बताउनु भयो ।

प्रतियोगीतामा ९ जना प्रतियोगी सहभागीहुने छन् । नेपालका विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा आवद्ध व्यावसायीक कुकले कोरियाली परिकार बनाउन छन् । जसकारण सो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने सम्भावना देखिएको छ । प्रतियोगीतामा गत शनिवार के–पप फेष्टिवल नेपालमा छनोट भएका प्रथम,द्धितीय,तृतीय विजेताले समूहले संगीत र नृत्य प्रस्तुत गर्ने छन् । प्रतियोगीमा सहधागीलाई कोरियाली खानाको स्वाद र सांगितिक मनोरञ्जन दुबैको अनुभव गराउने अवसर प्राप्त हुँने राजदूतावासको योजना रहेको छ ।

यस कार्यक्रमको माध्यमबाट कोरियाली परिकार र कोरियाली संस्कृती लाई नेपालमा परिचित गराउंदै दुई देशका जनता बीच स्थापित सम्वन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने उद्धेश्य दूतावासको रहेको छ । साथै दुतवासले दुई देशका नागरिले आपसमा एक अर्कालाई बुझ्ने, दुई देशको आवत जावतमा सकरात्मक सम्वन्ध विस्तार हुने जनाएको छ ।