तिब्बत सरकारले कामदारकोे सीमापास नियन्त्रण लिँदै हुम्लीलाई फिर्ता पठायो


अर्जुन बोहरा, हुम्ला ।
स्वास्शित क्षेत्र चीनको तिब्बतको सिमा जोडिएको हुम्ला बाट कामको खोजीमा गएका हुम्ली बासीहरुकोे सिमा पास नियन्त्रण लिँदै चीन सरकारले फिर्ता पठाएको छ । विभिन्न कामको सिलसिलामा हुम्लाको हिल्सा नाका हुँदै तिब्बतको ताक्लाकोटमा कामको खोजीमा गएका २५ सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाउने गरेको ताक्लाकोट बाट लामु लामाले बताउनु भयो ।

बेरोजगार युवाहरु जिल्लामा काम नपाए पछि हरेक बर्ष तिब्बतको ताक्लाबोटमा काम गर्न जाने गरेका छन । गाँस, कपासको जिल्लाको जोहो हुने नभइ पछि हरेहक बर्ष ताक्लाकोटमा कामको शिलशिलामा पुगेका नेपाली कामदारलाई काम गर्न नदिएर ताक्लाकोटबाट र्फिता गराएको राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

घरबाट अली बाटो खर्च भनेर ल्याएको पैसा पनि सकिएको र अहिले के खाने भनेर तिब्बत पुगेका नेपालीहरु अन्यौलमा परेको भण्डारीले जानकारी दिनुभयो । यहि जेठ पहिलो हप्ता हुम्लाका सर्किदेउ गाउँ निवासी पेज फडेराले चिनीया युवतीको हत्या गरेपछि तिब्बत पञ्शासनले हुम्ली माथि कडाई गरेको छ । बैशाख अन्तिम साता देखि करिब २५ सय हुम्ली कामदार चीनमा पुगेको उहँले जानकारी दिनुभयो । तिब्बतको प्रशासनले एक दिनमा करिब चार पाँच सय जनाको सिमापास थुतेर फिर्ता पठाउने गरेको भण्डारीको भनाई रहेको छ ।

भण्डारीले भने अहिले ताक्लाकोट पुगेका सबै हुम्लीको अनुहार मलिन देखिएको छ काम गरेर परिवार पाल्ने लक्ष लिएर यहाँ पुगेका हामी हुम्लीको यतिबेला विचल्ली भएको छ । दुई चार दिन कामगरेको पैसाले बिहिबार दिउँसो देखि लत्ता,कपडा किनेर हुम्ली फिर्ता हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।

यो बिशिस्ट परिस्थीतिमा हुम्लीको रोजिरोटि र यहाँ ताग्लाकोटमा रहेका नेपाली हुम्ली हरुलाई बिगतका बर्ष झै सिमानाका जनतालाइ आफ्नो देशको प्रशासनबाट तीस किलोमिटर भित्र घुमफिर व्यापार र काम गर्ने गरि पासपोर्ट ल्याएमा एक बर्ष बस्न दिने नियम यहाँको प्रशासनको थियो तर यो बर्ष एकाएक नेपाली हुम्लीहरुलाई ताक्लाकोट बाट हुम्ला फिर्ता गर्नेभएको भण्डारीले जानकारी दिनुभयो ।