ईद पर्वमा सार्वजनिक बिदा दिने सरकारकाे घाेषणा


काठमाडौं ।
सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ।