५०औँ अन्तर्राष्ट्रिय हिमालय पर्यटन दिवस मनाईयो


काठमाडा ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हिमालयन पर्यटन सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय हिमालयन पर्यटन समूह,नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयूत आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । १० मुलुकका ३ सय ५० भन्दा बढि पर्यटन व्यावसायी र सरोकार वालाहरुको सम्मेलनमा सहभागीता रहेको थियो ।

सम्मेलनमा कसरी पर्यटकलाई हिमालय क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्धन गर्न सकिन्छ भन्ने विषयमा नेपाल र चीनका पर्यटन व्यावसायीहरुले सम्मेलनमा धारणा राखेका थिए । सम्मेलनको उद्धघाटन गदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले हिामालय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटनको विकासमा लाग्न सुझाउनु भयो । नाट्टाका अध्यक्ष सि.एन पाण्डेले पवतिय पर्यटनसंग सरोकारवालाहरुको राजधानीमा जमघटले नेपालको हिमालयहरुको प्रचार प्रसारमा सहयोग पुगेको बताउनु भयो ।उहाँले विगमा चीनमा हुदै आएको सम्मेलन यस वर्ष नेपालमा आयोजना हुनुले सरकारले नेपाल भ्रमण वर्ष मनाई रहेको सन्र्दभमा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई सम्मेलनले थप टेवा पु¥याएको बताउनु भयो ।

नेपाल हिमाल क्षेत्रको देश भएकाले नेपालमा रहेको हिमालयहरुको प्रचार प्रसार गरेर पर्यटन विकासमा टेवा पु¥याउने लक्ष्य सम्मेलनले लिएको थियो ।सम्ममेलनमा नेपालका लागि चिनियाँ दुतावासका चार्ज अफेयर याङ शिचाओले देपाल बुद्धको देश भएको र हिमालय क्षेत्र भएकाले चीनियाँ नागरिक र अन्य पर्यटकको नोपल सरोकारको देश भएको उल्लेख गर्नु भयो । सम्मेलनमा नेपाल र चीनमा भएका हिमालहरुको प्रदर्शनी गरिएको थियो भने ५० औ अन्तर्राष्ट्रिय हिमालय पर्यटन दिवस समेत मनाइएको थियो ।