जातीय पहिचानसहित -यालीमा सहभागि हुन दलित विकास समितिको आह्वान


धरान ।
धरान उपमहानगरपालिका दलित विकास समितिको संयोजनमा जेष्ठ २१ गते भानुचोकमा हुने आमसभामा धरानका सबै जातीय संस्थाहरुको पहिचानसहित ¥याली समेत हुने भएको छ ।

जेष्ठ २१ गते हुने आमसभाको प्रचारका लागि जेष्ठ २० गते दिउसो ४ बजे पब्लिक हँई स्कँलमा भेला भई मोटरसाइकल, स्कुटी, टेम्पो, सफारी लगायतका सवारी साधनहरुको ¥याली महेन्द्रपथ, पुतलीलाईन, बुद्धचौक, चतरालाईन, सिंहदेवीचौक, पुरानो बजार, सदरोड, देशीलाईन हुँदै भानुचौकमा कोणसभा गरी समापन हुने समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् ।

त्यसैगरी जेष्ठ २१ गते विहान १० बजे पब्लिक हाई स्कँलमा भेला भई सांस्कृतिक झाँकीसहित भानुचौकमा आमसभा हुनेछ । आमसभालाई सफल बनाउन विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि, दलित विकास समिति, राजनीतिक दलका भातृ संगठन, ब्राह्मण समाज, आदिवासी जनजाति महासंघ, वडा समिति, महिला सञ्जाल एवम् सामाजिक संघ संस्थाहरु समेटिएको ३७ सदस्यीय मुल समिति चयन भएको संयोजक किशोर परियारले जानकारी दिएका छन् । ‘जातीय विभेदको अन्त्य गर्न सबै जाति एक बनौं ।

छुवाछँत मुक्त नेपाल सार्थक बनाऔं ।’ भन्ने मुल सन्देश सहित हुने आमसभालाई व्यवस्थित बनाउन आर्थिक, सञ्चार तथा सँचना, मञ्च व्यवस्थापन, सुरक्षा, अतिथि सत्कार, स्वयम् सेवक, ¥याली व्यवस्थापन, स्वास्थ्य सेवा, संगित तथा सांस्कृतिक र सवारी ¥याली उपसमिति चयन गरिएको छ । आमसभालाई प्रदेश नं। १ का सभामुख प्रदिपकुमार भण्डारी, सांसद उमिता विश्वकर्मा, अधिकारकर्मी तथा अभियान्ता दलर्मदन कामी, सरु सुनार, अनिता परियार, डिबी शाहसंकर लगायतले सम्बोधन गर्ने तयारी भएको आयोजकले जानकारी गराएको छ भने आमसभालाई आदिवासी जनजाति, महिला, ब्राह्मण समाज लगायतका वक्ताहरुले समेत सम्बोधन गर्नेछन् ।

नविन रम्तेल तथा समिर बराइलीको संयोजनमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहेको छ । सभामा नाटक, गित तथा नृत्यहरुसमेत प्रदर्शन गरिने छ । तयारीका लागि बसेको मुल समितिको बैठकले जेष्ठ २१ गते जातीय भेदभाव तथा छुवाछँत विरुद्धको अभियानमा सहभागि हुन सबैलाई अनुरोध गरेको छ । समितिले छुवाछुत मुक्त राष्ट्रिय दिवसका अवसरमा व्यवहारिक रुपमा नै जातीय विभेदको अन्त्य गर्न सामाजिक, राजनीतिक तथा जातीय अभियान्ताहरुलाई सामँहिक प्रतिबद्धता गराउन आमसभाको आयोजना गरिएको आयोजक समितिका सदस्य गंगा कालिकोटेले जानकारी दिएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरीका अध्यक्ष संगिता सुब्बाले २१ औं शताब्दीमा समेत जातका आधारमा विभेद गर्नु भनेको नसुहाउने कुरा भएकोले त्यस्ता विभेद अन्त्य गर्न सबै जातजातिका अभियान्ताहरु एकजुट हुनुपर्ने बताइन् । त्यस्तै ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य तथा धरानका अध्यक्ष उद्दप प्रसाद अधिकारीले दलित समुदायमाथि जातका आधारमा भएको विभेद तथा छुवाछुत गर्नेहरुलाई खबरदार गर्न र समाजमा जनचेतना जगाई विभेद हटाउन आमसभामा आफ्नो पहिचानसहित सहभागि हुने बताए ।

आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष सुबास हुक्पा चोङबाङ लिम्बँले विभेद विरुद्धको राष्ट्रिय दिवस भएका कारण सम्पँर्ण आदिवासी जनजातिहरु आ–आफ्ना जातीय पहिचानसहित आमसभामा सहभागी हुने बताए । धरानबाट राम्रो कामको शुरुवात भएको भन्दै उनले उक्त कुरा देशका अन्य क्षेत्रमा पनि लागु भए विभेद अन्त्य गर्न सहज हुने बताए ।यसअघि अन्य जातजाति तथा पार्टीहरुको आव्हानमा दलितहरु सक्रिय भएर परिवर्तनका आन्दोलनमा लागेको भए पनि यस पटक दलितहरुको अगुवाईमा हुन लागेको आमसभामा संस्थागत व्यानरसहित सहभागि हुँदा अन्य समुदायसंगको सहकार्य, एकता र सद्भाव अझ बृद्धि भएर जाने लिम्बुवान मञ्च नेपालका नेता रमेश गजमेरले बताए ।

उनले यस पटकको आमसभामा सहभागीहरुलाई बधाई दिने र सहभागि नहुनेहरुको हिसाव किताव राख्ने बताए । त्यस्तै जातीय विभेद विरुद्धको राष्ट्रिय दिवसका अवसरमा हुन लागेको आमसभाबाट सबैखाले भेदभावको अन्त्य गर्ने घोषणा गर्न महिला सञ्जालको समेत सक्रिय सहभागिता रहने महिला सञ्जाल धरानकी कोषाध्यक्ष लहरु जिमीले बताईन् ।

जेष्ठ २१ को आमसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न तथा छुवाछुत मुक्त राष्ट्रिय दिवसका अवसरमा सबै जातजातिविचको कुनै पनि भेदभाव र छुवाछुत अन्त्य गर्न सबै एकजुट भई लागिपर्न धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले बताएकी छन् । आमसभालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाउनका साथै वडा वडाबाट सहभागी हुने ¥याली एवम् जनसहभागितालाई समेत व्यवस्थित बनाउने तयारी पुरा भएको आयोजक समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् ।