वीरगन्जबाट लागूऔषधसहित एक पक्राउ


वीरगन्ज ।
पर्सा प्रहरीले वीरगन्जबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
भारत रक्सौलबाट लुकाई छिपाई लागुऔषध लिएर आइरहेको अवस्थामा चितवनको खैरहनी नगरपालिका १ ज्यामिरेका २२ वर्षीय श्रीकृष्ण दराईलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले दराईलाई चेकजाँच गर्नेक्रममा वीरगन्ज रजत जयन्ती चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले दराईको साथबाट नाईट्रोभेट २ सय २५ पिस र नाईट्रोजम ४० पिस बरामद गरेको छ।पक्राउ परेका दराईलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।