डोटीमा गर्मी बढेसंगै आँखा पाक्ने समस्या !


विमल विष्ट, डोटी ।
एका एकको गर्मि संङ्गै सुदूर प्रदेशको पहाडी जिल्ला डोटीमा आँखा पाक्ने रोगको महामारी फैलिएको छ । सुरु सुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातोहुने र आँखा बाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेस्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “गर्मि र दुसित हावापानीका कारण यो रोग सर्छ,त्यति आत्तिनु पर्दैन् ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मिका कारण आँखा पाक्ने बिरामीको संख्या अस्पतालमा दिनहु आधादजर्न बढी पुग्ने गरेको छ ।

यतिमात्र नभई यहाँका मडिकल तथा किल्निकहरmमा पनि आँखा पाक्ने बिरामीको दैनिक भिड लाग्ने गरेको छ । दिपायल राजपुर स्थित पान्डेय मेडिकलका हरिस पान्डेयका अनुसार आँखा पाक्ने रोगमा सबै भन्दा बढी स्कुले केटाकेटी तथा बृद्ध,बृद्धाहरm पिडित बनेका छन् । यहाँका ग्रामिण क्षेत्रमा समेत यो रोगले बिगत केहिदिन यता देखी बिकराल रुपलिएको बासुदेबीका सेरबहादुर ऐरले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मुल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर,धुलो धुवा संगै ब्याक्टेरीया तथा पर्सनल हाईजिन कम्जोर भएका कारण आँखाको रोग एक अर्कामा सर्ने बढी सम्भाबना हुने गरेको छ । सधै सफा पानीले आँखा मुख धुने तथा चर्को गर्मिमा नहिड्ने तथा हिड्नै परे चस्माको प्रयोग गरे यो रोग एक आर्कमा सर्ने सम्भावना कमहुने समेत अधिकृत ओझाले थप बताउनुभयो ।

त्यसैगरी गर्मि संङ्गै दिपालयको प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । गर्मि याम संङ्गै बजारमा खुला तथा छाँडा रुपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेस्वरी अस्पताल दिपायल पिपल्लाका अहेब लोकेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो “फोहर ब्यबस्थापनका लागी सरोकार वाला निकाएको ध्यान जानु आबस्यक रहेको छ ।”