पेट्रोलकाे मूल्य बढ्याे


काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्ट बिहीबार नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको हो ।

बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रवक्ताका गोइतका अनुसार पेट्रोलिम पदार्थमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्यवृद्धि भएको छ । बढेको मूल्य अनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ पर्नेछ भने डिजेल, मट्टितेल ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।