विकासका लागि अझै दलिय सहकार्यको खाचो छः प्रचण्ड


लिला सुनुवार, ओखल्ढुङ्गा ।
नेपाल कम्न्यूष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको बिकास र सम्बृद्धीका लागी सबै दलहरुको सहकार्यको खाचो अझै रहेको बताउनु भएको छ । चिसंखुगढि गाउपालिकाले गणतन्त्र दिबसको अबसरमा चिसंखुगढी ओखल्ढुङ्गामा आयोजना गरेको सहिद क्याप्टेन यज्ञ बहादुर थापाको सालिक सिलान्यास कार्यक्रमको सम्बोधन गर्दै उत्त कुरा बताउनु भएको हो ।

ईतिहास म भुल्न चाहान्न र सक्दिन पनि नेपाली कांग्रेशका नेता स्वर्गीय गिरिजा प्रसाद कोईराला र मेरो सहकार्यमा भएको बृहत शान्ति शम्झौता ले गर्दा नै मुलुकमा आज यति धेरै परिबर्तन भएका छन अध्यक्ष प्रचण्डले बताउनु भयो । मुलुकमा अझै दिगो बिकास र स्थाई शान्ति चाहाने हो भने सम्पुर्ण राजनितिक दलहरु एकै ठाउमा रहेर सहकार्यको प्रकृया बाट अघि बढ्नु पर्ने कुराको जोड अध्यक्ष प्रचण्डले दिनु भयो ।

सम्बोधनकै क्रममा उहाले मुलुकमा संघियता र स्थाई शान्ति नचाहाने अराजक तत्वहरुले बिध्वंस मच्चाउन खोजेको तर देशमा संघियता कार्यन्वयनमा आई सकेकोले त्यस्ता अराजकता निम्त्याउन खोज्ने हरु आफै समाप्त हुने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले बिकास निर्माणले गति नलियसम्म सम्बृद्धि नहुने भएकोले अहिलेको सरकारले बिकास निर्माणको कामलाई मुख्या प्रथमित्तामा राखेको बताउनु भयो । जबसम्म ग्रामिण क्षेत्रमा रहेको बस्तिहरुमा बिकासको मेरुदण्डको रुपमा रहेको सडक,खानेपानी,शिक्षा र स्वास्थ्यको पहुच पुराउन सकिन्न तब सम्म देसमा सम्बृद्धी छाउदैन अध्यक्ष प्रचण्डले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले निर्माणधिन अबस्थामा रहेको रामेछापको मन्थलि सागुटार ओखल्ढुङ्गा हुदै भोजपुर जोडिने बाटोको नाम सहिद क्याप्टेन यज्ञ बहादुर थापाको नाम बाट नामाकरण गर्नको लागी सरकार संग प्रस्ताब लैजाने अस्वासन समेत दिनु भयो । अध्यक्ष बाहालले क्याप्टेन यज्ञ बहादुर थापाको परिवारलाई शहिदपरिवारले पाउने रकम १० लाख दिलाउन आफुले पहल गर्ने समेत बताउनु भयो ।

क्याप्टेन यज्ञ बहादुर थापा २०३१ सालको टिम्बुरबोटे काण्डका योद्धा हुन । उहा लाई तेति खेरको सरकारले ओखल्ढुङ्गाको खानीभञ्ज्याङ्गबाट गिरफतार गरी सिन्धुलीको कमला खोच भन्ने ठाउमा २०३५ साल माघ २७ गते हत्या गरेको थियो ।