जनताका समस्या बुझ्दै रास्कोटका जनप्रतिनिधी


कालीबहादुर मल्ल, कालिकोट ।
जिल्लाको रास्कोट नगरपालिका प्रमुख काँशीचन्द्र बराल,उपप्रमुख मिमसरा बम र नौवटा वडाअध्यक्षहरुको उपस्थितिमा गाउँ वस्तिमा सार्वजनिक सुनुवाई तथा गुनासो संकलन कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचनको समयमा जनताकासमक्ष जनप्रतिनिधिले गरेका वाचाहरु पुरा गर्न र नगरपालिकालाई शुसासनमैत्री वनाउन प्रत्येक वडाहरुमा सर्वाजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिकाको आयोजनामा र रेडियो प्रदेश आवाज र नेपाली अवाज एफएमको प्रत्येक्ष प्रसारणमा सञ्चालन गरिएको गुनासो सुनुवाइ तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका नागरिक जिज्ञासाहरुलाई जनप्रतिनिधिले जवाफ दिनुभएको छ ।
स्थानीय नागरिकहरुले राखेका जिज्ञासाहरुलाई सम्वोधन गदै जनप्रतिनिधिले प्रत्येक वडामा लिखित प्रतिवद्धता समेत जनाइएको रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले वातउनुभयो ।

वडास्तरमा सञ्चालन हुने योजनाहरुमा पारदर्शिता नभएको जनगुनासो आएपछि जनप्रतिनिधिहरुले सूचनाको हक सम्वन्धि ऐन २०६४ को पूर्णरुपमा कार्यान्वयन गर्दै आगामी आर्थिक वर्षवाट नगरपालिका, वडा कार्यालय उपभोक्ता समिति,विद्यालय लगाएतका सरकारी तथा गैर सरकारी निकायले आनिवार्य ३÷३ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यस्तै प्रत्येक वडा कार्यालय, नगर कार्यपालिका र विषयगत शाखाहरुमा नागरिक वडापत्र राख्नुका साथै योजाना स्थलमा लागत अनुमानसहितको होर्डिक वोर्ड राख्ने प्रतिवद्धता जनाइएको छ ।

देशमै पहिलो पटक १८ देखि ४० वर्ष उमेरका २ सय ५० जनाको संख्यमा युवाहरु रोजगार हुनेगरी स्थापना गरिएको रास्कोट श्रम वैङ्कलाई व्यवस्थित गरी थप राजगारीका अवसरहरु श्रृजना गर्ने नगरपालिकाको प्रतिवद्धता छ ।