यातायात क्षेत्रका लागि एक अर्ब ५३ करोड बजेट विनियोजन


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले यातायात क्षेत्रको व्यवस्थापनका लागि एक अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेज पेश गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ सरकारले ठूला बस र विद्युतिय सवारी साधनलाई प्राथमिकता दिने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।