कृषिका लागि ३४ अर्ब ६८ करोड बजेट


काठमाडौं ।
सरकारले कृषिका लागि ३४ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । उहाँका अनुसार कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन गरिएको छ ।

खतिवडाले सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने घोषणा गरिने बताउनुभयो । बजेटमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने जनाइएको छ ।