सरकारले छात्रालाई निःशुल्क ‘सेनेटरी प्याड’ बाँड्ने


काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बुधबार दिउँसो ४ बजेदेखि प्रतिनिधिसभाको बैठक शुरु भएको हो । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको बताएका छन ।