धादिङमा पर्यटक बस खोलामा खस्यो


काठमाडौं ।
धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ ।

सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।