डोटीमा आगलागीमा परी एक महिलाको ज्यान गयो


विमल विष्ट, डोटी ।
डोटी जिल्लाको जोरायल गाउँपालिका वाडन. ३ मा आगलागिमा परि एक मलिाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सो गाउँपालिका ३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेबी साहुँको आगलागिमा परेर ज्यान गएको हो ।

गाउँ नजिकैको जंङ्गलमा भएको आगलागि निभाउन गएका बेला उहाँ आगोमा परि जल्नु भएको थियो । आगोले जलेर उपचारकालागि अस्पताल लैजादै गर्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

डोटीमा गएको एक महिना यतादेखी जंङ्गलमा भिषण आगलागि भएको छ । आगलागि नियनत्रणका लागि बिभिन्न प्रयास भैरहेपनि आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागिका कारण यहाँका बिभिन्न सामुदायिक तथा कबुलियती बन गरी करिब ७८० हेक्टर बन सखाप भएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।