अछाममा आगलागी, सात घर जलेर नष्ट


अछाम ।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा ७ घर जलेर नष्ट भएका छन् ।

शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि त्यही आगोले घर जलेर नष्ट भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताउनुभयो ।

वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भई ठूलो क्षति भएको स्थानीय पदम बुढाले बताउनुभयो ।

घरमा आगलागी भएपछि बाँधिएका बाख्रा र गाई पनि जलेर मरेका छन । घटनाको एकिन विवरण आउन बाँकी छ । अहिले स्थानीय र प्रहरीले उद्वारको काम गरिरहेका छन । शुक्रबार साँझ आएको हावाहुरीसँगै आगलागी भएको हो ।