जेठ १२ गते देशभरका अदालत बन्द


काठमाडौँ ।
जेठ १२ गते अर्थात आईतवार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका हुन् ।

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीको बुधबार निधन भएको थियो । खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए।