किराँत राई यायोक्खाद्धारा विविध कार्यक्रम सम्पन्न


भद्रपुर ।
उभौली साकेला पर्वको अवसर पारेर किराँत राइ यायोक्खा पृथीवीनगर भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले विहीबार भद्रपुर – २ संयुक्त धार्मिक स्थल कमलधापमा जेष्ठ नागरिक सम्मान, साकेला नाच,विद्यार्थी पुरस्कृत लगायतको कार्यक्रम सम्पन्न गरेको हो ।

समितिले जेष्ठ नागरिक सम्मानमा ९२ वर्षिय शेर बहादुर राइ,८६ बर्षकी चन्द्रकला राइ ,८२ वर्षिय कर्ण बहादुर राइ र एसईईमा प्रथम हुने आशिका राइलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी भद्रपुर,चन्द्रगढी,हल्दीबारी,विर्तामोड ,वुट्टाबारी, अजर्नुधारा ,गोलधाप , पृथीवीनगर लगायतका स्थानबाट साकेला नाच प्रतियोगितामा पहिलो ,दोस्रो र तेस्रो हुने वुट्टाबारी, अर्जुनधारा र गोलधापलाइ क्रमश १० हजार ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सामेल भएका सन्थाल, तामाङ् किराँत धर्म तथा साहित्य उत्थान सङ्घ लगायतलाइ समेत सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।

नगर अध्यक्ष बीरबहादुर राइको सभापतित्व तथा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ्को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खस क्षेत्री एकता समाजका केन्द्रीय सदस्य पृथीवीनारायण कार्की,राजवंशी विकास समिति झापाका अध्यक्ष पुकार सिं राजवंशी,नेकपा नगर अध्यक्ष शिवराज राजभण्डारी,काङ्ग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले मन्तव्य राख्नु भएको थियो । बल बहादुर राइले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्देश राइले गर्नुभएको थियो ।

त्यसैगरी विभिन्न जातजातिका मौलिक परम्परालाइ संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबारबाट शुरु भएको प्रथम कमलधाप उभौली साँस्कृतिक महोत्सव विहीबार सम्पन्न भएको छ । कमलधाप सम्युक्त धार्मिक स्थल संरक्षण समितिले धार्मिक स्थल पहिचान सहित आन्तरिक पर्यटनको चहलपहलका लागि ६ दिने महोत्सवको आयोजना गरेको थियोे ।

संयुक्त धार्मिक स्थल धार्मिक सहिष्णुता तथा एकताको साझा केन्द्रको रुपमा रहिआएको एउटै स्थानमा विभिन्न १३ जातजातिका मठमन्दीर रहेका छन् ।