पञ्चेबाजा संरक्षण एकता समाज गठन


सिंजा ।
जुम्लास्थित तातोपानी गाउँपालिकाले पञ्चैबाजा संरक्षणका लागि पञ्चेबाजा संरक्षण एकता समाज कार्यसमिति गठन गरेको छ । एकता समाजका अध्यक्ष हस्त दमाईँले लोप हुन लागेको पञ्चैबाजा संरक्षण गर्न समिति गठन गरिएको र अभियानमा गाउँपालिकाले निकै ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले कला र संस्कृति जोगाउन गाउँपालिकाले समितिलाई थप क्षमता विकास र प्रविधिका साधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गणतन्त्रमा समेत हाम्रो संस्कृति नबचाए लोप हुनेछ भन्दै यसका लागि गाउँपालिकाले विशेष भूमिका खेल्ने बताउनुभयो । गाउँपालिकाले पञ्चैबाजा कार्यविधि नै बनाएर गाउँपालिकाबाट पारित गरेको छ ।
रासस