गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु, एक गम्भीर


गुल्मी ।
गुल्मीमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर सोहि गाउँपालिका वडा नम्बर १ नेटा घर भएकी अन्दाजी १९ बर्षिय बिनिता रसाइलीको मृत्यु भएको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शोभाखर गिरीले बताउनु भयो ।

करेन्ट लागेर मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे निवासी १८ वर्षिय जुना बिश्वकर्मा घाइते भएको वडाअध्यक्ष गिरीले जानकारी दिनुभयो । रसाइली र बिश्वकर्मा अर्जेमा चलेको कक्षा ११ को परिक्षा दिएर बिहिवार साँझ नेटा घर तर्फ जाँदै गरेका थिए ।

घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा बिजुलीको पोलमा बाटो भन्दा २ मिटर परबाट तानेर पोलमा टास्सीएको अबस्थामा फेला परेको गिरीले बताउनु भयो । घाइते बिश्वकर्मालाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै रहेको वडाअध्यक्ष गिरीले जानकारी दिनुभयो ।

घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनु भयो ।

गुल्मीको कालिगण्डकी खोला किनारमा बेवारिसे सव फेला
९ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी खोला किनारमा बेवारिसे सव फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ कालिगण्डकी खोला किनारमा एक जना महिलाको बेवारिसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनु भयो ।

बेवारिसे अबस्थामा फेला परेको अन्दाजी ३० वर्ष भन्दा माथी उमेरकी महिलाको रहेको प्रहरीले जनाएको छ । सडेको अबस्थामा रहेको सवको टाउकाको आधारमा प्रहरीले महिला भनेर मात्रै चिनेको प्रहरी निरिक्षक खड्काले बताउनु भयो ।

सवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदै रहेको प्रहरीले जनाएको छ । सव पहिचाहनको लागि छिमेकी जिल्लाहरुमा पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ । गुल्मीसँगै सिमानामा पर्वत र स्याङजा जिल्ला पर्दछन् ।