खाल्डोमा डुबेर सिन्धुलीमा ८ वर्षिय बालकको मृत्यु


सिन्धुली ।
सिन्धुलीको मरिण गाउपालिकामा खाल्डोमा ढुबेर विहीवार एक बालकको ज्यान गएको छ । सिन्धुलीको मरिण खोलामा अबैधरुपमा मापदण्ड विपरित खोलाबाट ढुङ्गा, बालुवा निकाल्न क्रसरले खनेको पानीको खाल्डोमा डुबेर मरिण गाउँपालिका ७ का नेरमान श्रेष्ठका ८ वर्षीया छोरा मनिस श्रेष्ठको ज्यान गएको हो ।

मरिण गाउँपालिका ७ कै बाह्रविशे महेश्वता नजीकै मरिण खोलामा नुहाउँन गएका बालक श्रेष्ठको गिट्टी बालुवा उत्खनन् गर्दा क्रसले बनाएको खाल्डोको पानिमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बालकको मृत्युपछि स्थानीय बासिन्दा भने आक्रोसीत भएका छन् । मापदण्ड विपरित कन्स्ट्रसनले १५/२० फिटसम्म गहिरो खाल्डो बनाएर बालुवा निकालेपछि त्यस्ता खाल्डा नपुर्दा बालकको मृत्यु भएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

घट्ना स्थलमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोलीले पुगेको र घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

निर्माणाधिन हेटौडा–सिन्धुली–चतरा बैकल्पीक (मदन भण्डारी) राजमार्ग निर्माणको लागि मरिण खोलाबाट विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले मापदण्ड विपरित बालुवा उत्खनन् गर्दै आएको थियो ।

कन्स्ट्रक्सनले मरिण खोलामा मापदण्ड विपरित उत्खनन गर्दा त्यसले ठुलो जोखिम निम्त्याउने भन्दै स्थानीयले यसअघिदेखिनै विरोध जनाउदै आएका थिए ।

घटना पश्चात मृतक बालकका बुबा नेरमान श्रेष्ठको ठेकेदार कम्पनीको लापरबाहीले आफ्नो छोरो गुमाउनु परेको भन्दै अबैध उत्खनन्मा संलग्न निर्माण कम्पनीका ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने माग राख्नुभएको छ ।

त्यस्तै मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले निर्माण कम्पनी माथी छानविन गरी कारबाही हुन्ुपर्ने बताउनुभयो ।
मरिण नदीभरी मापदण्ड विपरित क्रसरहरु संचालन भएका र तिनले खनेको खाल्डोमा स्थानीयको जनधनको क्षेती हुने भन्दै पटक पटक खाल्डो पुर्न भनिएपनि ठेकेदारहरुले अटेर गर्दा दुःखद घट्ना हुन पुगेको उनको भनाई छ ।