ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते


रुकुम ।
रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानीभेरी नदीमा ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाको देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवामा दुर्घटना हुँदा सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ । ट्याक्टर सडकबाट अन्दाजी एक सय मिटर तल सानीभेरी नदीमा खसेको बताइएको छ ।

दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका ५ रुकुम (पश्चिम) का १७ वर्षीय लक्ष्मण वली घाइते हुनुभएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको र स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) रीफर गरिएको निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।