१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

0
Shares

म्याग्दी ।
वेनी नगरपालिका(४ डाँडाखेत बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण बिक र २१ वर्षीय विकास किसान रहेका छन् ।
गत ७ गते राति ती बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।