गाउँपालिकाद्वारा पीडितलाई १५ लाख राहत वितरण


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा प्राकृतिक प्रकोप पिडित, अति गरिब र बिरामीको उपचार खर्च गरी जम्मा १५ लाख रकम वितरण गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक प्रकोप अन्तर्गत बाढी पहिरो, आगलागी, चट्याङमा परेर मानविय तथा धनजनको क्षति भएका गाउँपालिका भित्रका ७१ घर परिवारलाई ७ लाख ३९ हजार ४ सय रकम बितरण गरिएको विपद व्यवस्थापन समिति अन्तर्गतको मूल्यांकण कमिटिका संयोजक तथा गाउँपालिकाका इन्जिनियर मोहन कुमार ओलीले बताउनुभयो ।

त्यस्तै बिरामी उपचार सहयोगकालागि आर्थिक सहायता रकम पनि बितरण गरिएको छ । जसमा ८ जना बिरामीहरुलाई २ लाख ६५ हजार रकम वितरण गरिएको छ । मृगौला फेल भएका, रगत क्यान्सर, मुटुरोगी जस्ता ठुला बिरामीलाई सो रकम बितरण गरिएको हो ।
गाउँपालिकाले यस अघि नै फाल्गुन महिनामा३० जना लाई आर्थिक सहायता रकम अन्तर्गतको ५ लाख रकम बितरण गरि सकेको छ । जसमा अति गरिव, विरामीको उपचार खर्च तथा जोखिममा परेका बालबालिकालाई पढाई खर्च स्वरुप रकम वितरण गरिएको थियो ।