काङ्ग्रेसको झापामा जागरण अभियान जारी


भद्रपुर ।
नेपाली काँङ्ग्रेसले झापामा जागरण अभियान जारी राखेको छ । केन्द्रीय समितिको निर्णयनुसार विभिन्न स्थानमा जागरण अभियान जारी राखेको हो ।

जेठ २ गते मेचीनगरनगरपालिकाबाट केन्द्रीय प्रतिनिधि दिपक वास्कोटाले अभियान उद्घाटन गरेपश्चात काँङ्ग्रेसले झापाका १५ वटै स्थानीय तहमा क्षेत्र निर्धारण गरेर अभियान चलाउदै आइरहेको जिल्ला सभापति उद्धव थापाले जनाए । पाटीको सङ्घीय विधान २०७४ लागू भएपछि नीति, कार्यक्रकम,आगामी निर्वाचनमा एक ढिक्का हुने लगायतका विषयलाइ लिएर अभियान चलाइरहेको उनले जनाए ।

अभियानको क्रममा मङ्गलबार भद्रपुर २ स्थित सोमबारे पाटी कार्यालयमा अन्तरक्रिया गरिएको नगर सहसंयोजक ज्ञानबहादुर चौहानले बताए । काँङ्ग्रेस अलिक निस्कृय देखिएकोले सक्रिय वनाउन अभियान सञ्चालन गरिएको चौहानले बताए ।

कार्यक्रमको औचित्यमाथि ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले प्रष्ट पारेका थिए । नगर संयोजक मनप्रसाद कोइरालाको अध्यक्षतामा तथा जिल्ला सभापति थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला सङ्घ ३ नम्बर क्षेत्रीय सभापति शर्मिला अधिकारी,कार्यकर्ता विकेन्द्र लिम्बू लगायतले जिज्ञासा तथा सुझाव दिएका थिए ।