क्रान्तिकारी युवा लिगको सरकारविरुद्ध प्रर्दशन


लिला सुनुवार, ओखल्ढुङ्गा ।
नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिगले सदरमुकाम ओखलढुंगामा सरकार विरुद्ध प्रदर्शन गरेको छ । लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गर्दै प्रर्दशन गरेको हो ।

वर्तमान सरकार कम्युनिष्टका नाममा दलाल र फाँसीवादी शैलीमा चलेको भन्दै संसदीय व्यवस्था खारेजीको माग लिगले राखेको छ । युवा लिगले सदरमुकाममा विरोध प्रर्दशन गरेर भ्रष्टाचारीलाई कारवाही शुरु गर्ने जनाएको छ ।

लिगको विरोध ¥यालीलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका ओखलढुंगा–सोलुखुम्बु सेक्रेटरी रुद्रकुमार फुयलले नयाँ जनवादी क्रान्ति शुरु भएको दावी गर्नुभयो । दुई जिल्लाका युवा भेला पारेर सदरमुकाममा प्रर्दशन गरेको नेकपा क्रान्तिकारी माओवादीले मंगलबारबाटै युवा लिगको जिल्ला अधिवेशन समेत शुरु गरेको छ । अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ ।