फ्लाईटेक इन्टरनेशनललाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान


काठमाडौं ।
काठमाडौंको पुतलिसडकमा रहेको फ्लाइटेक इन्टरनेसनललाई वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले वल्र्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ । पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित कार्यक्रममा वल्र्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरिएको हो । वरिष्ठ समाजसेवी एवम उद्धमी ईन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा र वल्र्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कट्वालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

वल्र्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट, वल्र्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन गर्ने विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिइरहेको संस्थालाई मूल्याकंनपश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ । वल्र्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका , अष्ट्रेलिया , मोरिसस लगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।


एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सन्जालमार्फत वल्र्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा सांस्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योग्दान पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सूचीकृत तथा सम्मान गर्दै आएको छ ।
कार्यक्रममा फ्लाइटेक इन्टरनेसनलका साथै इन्टरनेसनल ईन्स्टिच्युट अफ फेशन टेक्नोलोजी ( आइआइएफटी ), ग्लोबल कलेज इन्टरनेसनल तथा बाबा इन्टरनेसनल कन्सल्टेन्सीलाई पनि सर्टिफिकेट प्रदान गरिएको छ । उक्त अवसरमा सम्पूर्ण संस्थाका सञ्चालक एवम पदाधिकारीहरुलाई बेलायतका सांसद बिरेन्द्र शर्मा, वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष डा. दिवाकर शुकुल , वल्र्ड बुक अफ रेकर्ड्सका अध्यक्ष सन्तोष शुक्ला , वल्र्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कट्वाललगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गर्नुभएको थियो ।