पाँचथर हत्या प्रकरणः साच्ची फियाक परिवारकै ज्वाइँले गरेका हुन् त हत्या ?


नेपाल समाचारपत्र, काठमाडौँ ।
सोमबार राति पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा दुई परिवारको एकै पटक सामूहिक हत्या भएकाे छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् । घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

प्रहरीले घटनाबाट बाच्न सफल सीताको बयानसहित आफूले गरेको अनुसन्धानका आधारमा फियाक परिवारकै कान्छा ज्वाई मानबहादुर मोखिमले हत्या गरेको हुनसक्ने आशंका गरेको छ ।

किन शंकाको घेरामा परे मोखिम ?

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरका अनुसार अनुसन्धानको क्रममा हत्यामा संदिग्ध व्यक्तिको रुपमा देखिए फियाक परिवारकै मानबहादुर मोखिम । उनको खोजी कार्य चल्यो तर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएपछि झनै प्रहरी यस्तो प्रारम्भिक निश्कर्ष निकालेको हो ।

घटनामा घाइते भई बाँच्न सफल  बालिका सीताको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ।

मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन, सोही कारण उनले ससुराली परिवारकै हत्या गरि आफूले अत्महत्या गरेको हुनुसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी कुवँरको भनाई छ ।

घटनाको अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली घटनास्थल गएको छ भने प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको छ ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।