सुस्त श्रवण भवन अलपत्र, विद्यार्थीलाई समस्या


सलिम अन्सारी, प्युठान ।
प्यूठान नगरपालिका १ खैरास्थित भुवनेश्वरी मावि परिसरमा बहिरा तथा सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन कक्षाकोठा र आवासिय भवन लामो समय देखि अलपत्र परेको छ। विद्यार्थीले लामो समयदेखि कष्टले अध्ययन गर्दै आएका छन् । भवन नहुँदा उनीहरूको बसाइमा समेत समस्या भएको छ ।

पाच वर्षअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा आवासीय भवन निर्माण थाले पनि सम्बन्धित निकायले चासो नदिदां भवन पूरा हुन सकेको छैन । निर्माण गरिएको संरचना घाँसले ढाकेको र जीर्ण बन्दै गएको छ। निर्माणधीन कक्षाकोठा र आवासीय भवन अलपत्र परेकाले लक्षित वर्गलाई समस्या भएको प्रधानाध्यापक मुक्तिप्रसाद पोख्रेलले बताउनुभयो। कक्षाकोठाको पिलर र गारो लगाइएको छ भने आवशिय भवनको पिलर मात्र उठाइएको छ ।।’ अलपत्र भएको ५ बर्ष भयो खोइ भबन बन्छ बन्दैन केही पत्तो छैन। पोख्रेलले भन्नुभयो।’

शौचालय सहित ६ कोठे आवशिय भवन बनाउने योजना अँधुरै छ ।’ कक्षाकोठा अभावले प्रभावकारी पठन पाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक धनेश्वर पोख्रेलले गुनासो गर्नुभयो । उक्त बिद्यालयमा अध्ययन गर्ने बहिरा तथा सुस्त श्रवण शक्ति भएका विद्यार्थीले प्रति विद्यार्थी चार हजार रुपिँया मासिक खर्च पाउँदै आएका छन् । तर प्युठान नगरपालिकाबाट गत श्रावण देखि यो रकम निकासा हुन नसकेको शिक्षक पोख्रेलले बताउनुभयो ।

‘एकदेखि तीन कक्षासम्मका विद्यार्थी एउटै कोठामा राखेर पढाउछौँ’,उहाले निर्माणधिन अलपत्र भवन पुरा गरिदिन आग्रह गर्नुभयो । उक्त विद्यालयमा प्यूठान, गुल्मी, अर्घाखाँची जिल्लाका दश जना छात्रा र २२ जना छात्र गरी ३२ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीले अध्यन गरिरहेको विद्यालयले जनाएको छ। विद्यालयले २०५९ सालदेखि सुस्त श्रवण स्रोत कक्षा संचालन गर्दै आएको छ ।

शान्ति तथा पूनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माणधीन भवनहरूलाई सम्बन्धित स्थानीय तहले पूर्णता दिनुपर्ने प्रावधान रहे पनि स्थानिय सरकारले पनि पहल थालेको छैन। जिल्लाको दुई स्थान खैरा र बाग्दुलामा सुस्त श्रवण विद्यालय र खलगांमा दृष्टिविहिन स्रोत कक्षा सञ्चालन हुँदै आएको शिक्षा समन्वय इकाइ कार्यालय प्युठानले बताएको हो ।