पुर्व प्रहरी कर्मचारी सम्मानित


भक्तपुर ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महानगरीय प्रहरी परिसर भक्तपुरले ज्येष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई सम्मान कार्यक्रम गरेको छ ।कार्यक्रममा ७० बर्ष कटेका ५९ जना ज्येष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले सम्मानित गर्नु भएको हो ।

सम्मान कार्यक्रममा ७० बर्ष कटेका भक्तपुर जिल्लामा बसोबास गर्ने ५९ जना पूर्व प्रहरी कर्मचारीहरु लगायत सय जना पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता थियो । पूर्व प्रहरी कर्मचारीको तर्फबाट पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बस्नेतले शुभकामना तथा अनुभव ब्यक्त गर्नु भएको थियो ।


सम्मानित पूर्व ज्येष्ठ प्रहरी कर्मचारीहरुको तर्फबाट पूर्व प्रहरी नायब महानिरीक्षक शम्भु थापा क्षेत्रीले सम्मानित हुन पाउँदा खुशी लागेको धारणा ब्यक्त गर्नु भएको थियो । त्यसैगरी परिसर प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठकले पूर्व कर्मचारीहरुसंग भेटघाट, अन्तरक्रिया तथा सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।

उहाँहरुबाट अनुभव साट्न पाउँदा खुशी लागेको बताउदै आउँदा दिनहरुमा समेत यस्ता कार्यक्रम गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा समुदाय प्रहरी साझेदारीका बिभिन्न कार्यक्रममा सहयोग गर्नहुने बद्री श्रेष्ठ नयाभालाई समेत प्रशंशा पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पूर्व र बहालवाला समेत गरी २ सय जना प्रहरी कर्मचारीहरुको सहभागितामा रहेको थियो ।