फरार अभियुक्त ४ वर्षपछि पक्राउ


बैतडी ।
हाडनाताकरणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाईएका बैतडीका एक युवक ४ बर्षपछी सोमवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका १ सिराडीका ३२ बर्षीय बिरभान धामी रहेका छन् ।

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रबिन्द्र चन्दले जानकारी दिनुभयो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाताकरणी मुद्धामा वि स २०७३ साल जेठ १८ गते १ बर्ष कैद सजाय सुनाय सुनाएको थियो ।

उनी यसअघि फरार रहेका थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागी जिल्ला कारागार बैतडी पठाएको छ ।