अस्पतालको शैयाबाट रुँदै वीरवलले मागे सहयोगको याचना


सरिता चलाउने, सल्यान ।
जिल्लाको बन्गाड कुपिन्डे नगरापालिका वडा न ३ वामेका विरवल विकले आर्थिक सहयोगको याचना गर्नुभएको छ । मृगौला रोगी ४० वर्षिय विकले अस्पतालको शैयाबाट रुदै सक्दो सहयोगको याचना गर्नुभयो ।

दुवै मृगौला फेल भएर कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भई रहेको छ । आर्थिक अभावका कारण डायलोसिस समेत हुन नसकि रहेको उहाँको भनाई छ । भारतको मुम्बईमा गत फागुनमा चेकजाँज गर्दा दुवै मृगौलाले काम गर्न छोडेको थाहा पाएपछि उनी नेपालमा आई अस्पतालमा भर्ना हुनुभएको थियो । उपचारका लागि ऋण कारेर ल्याएको पैसाजति सबै सकिएको उहाँले बताउनु भयो । सरकारले डायलोसिस गर्दा पैसा नलाग्ने बताई रहेपनि आफु डायलोसिस गर्नबाट बञ्चित भएको बता्उनु भयो ।

मृगौला प्रत्यारोपणका लागि ठुलो रकम लाग्ने भएपनि कसरी खर्च जुटाउने चिन्तामा परेको विककी श्रीमती पावर्ती कामीले बताउनु भयो । डायलासिस , औषधि र खाननिका लागि समेत रकम अभाव रहेको उहाँले बताउनु भयो ।

छ जनाको परिवार रहेको परिवारको आम्दानीको स्रोत केही छै्रन । उहाँले नै मजदुरी गर्दै गर्जो टार्दै आइरहेका थिए । आम्दानी गर्ने मुख्य मानिस नै विरामी भएपछि निकै समस्या भएको कामीको भनाई छ ।

उहाँ तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको शसस्त्र द्धन्द्धमा समेत सहभागी हुनुभएको थियो । उहाँ तत्कालिन जनमुक्ति सेना सेक्सन कमाण्डार रहनुभएको थियो । द्धन्द्धको समयमा उनको मुख र ढाडमा गोली समेत लागेको थियो ।

विभिन्न संघसंस्था, विदेशमा रहेका सम्पूर्णमा आवश्यक सहयोग गरी आफुलाई बचाउन उहाँले याचना गर्नुभएको छ । लक्ष्मी वैंकको खाता न ०६९२३०००९८३० र मोवाइल न ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरी दिन विकले आग्रह गर्नुभएको छ ।