राजपाका नेताद्वय बीपी र हरिनारायण जेल चलान


शिवहरीप्रसाद भट्टराई, राजविराज ।
राजपाका केन्द्रीय सदस्य बीपी यादव र हरिनारायण मण्डल जेल चलान भएका छन् ।
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका ५ मध्ये दुवैलाई कारागार चलानको आदेश भएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा भएको थुनछेकको बहसपछि यादव र मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो।

सोहि प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख तथा दिलिपकुमार दास र रामाकान्त ठाकुरलाई जनही २ लाख ५० हजार धरौटीमा रिहा गरिएको छ ।

सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।