मान्छेको नाम त धेरैसंग मिल्न गएको हुन्छ त्यसमा कुनै आश्चर्य भएन तर चीनमा भने कुकुरको नाम पनि सरकारी हाकिमसंग मिल्न गएको छ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका छन् । यस पश्चात उनलाई पक्राउ पनि गरिएको छ ।
े
त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् ।
अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए ।
सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ ।
चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।
(एजेन्सी)
प्रतिक्रिया