डेडिकेटेड फिडर र ट्रंकलाइनप्रति लेखाको चासो

0
Shares

काठमाडौं, (नेस)
संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर प्रयोग गरेवापत तिर्नुपर्ने विद्युत् महशुलका विषयमा चासो देखाएको छ।

डेडिकेटेड फिडर प्रयोग गरेवाmत तिर्नुपर्ने विद्युत् महशुलका विषयमा उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच आरोप प्रत्यारोप भइरहेका बेला समितिले चासो देखाएको हो ।

प्राधिकरणले गैरकानुनी ढंगले महशुल निर्धारण गरेको तथा आफूहरुले उपभोग नै नगरेको सेवा सुविधा लागि महशुल तिर्न परेको भन्दै उद्योगी व्यवसाययीहरु बक्यौता रकम तिर्न नसकिने बताएका छन् । यता प्राधिकरणले महशुल असुल उपर गर्नका लागि भन्दै अदालतबाट समेत आदेश पाएको अवस्था छ ।

समितिले कुन उद्योगले कति बक्यौता महशुल तिर्न बा“की छ भनेर विस्तृत अध्ययनका लागि आन्तरिक समितिसमेत गठन गरिसकेको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन फिडर प्रयोग गरिरहेका उद्योगी व्यवसायीलाई पछिल्लो करिब ४ वर्षदेखिको बक्यौता रकम तिर्न पत्राचार गरेपछि व्यवसायीहरुले महशुल नतिर्ने बताउ“दै आएका छन् । समितिको अर्को बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर सो जानकारी लिइने समिति सभापति भरत शाहले जानकारी दिनुभयो ।