अवैध हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९ हजार ३ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका(९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्ल समेतको प्रहरी टोलीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरण सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लगि राजश्‍व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइने छ ।