हेटौंडा ।
करिब ६ वर्षअघि भनिएको थियो–मकवानपुरका दश गाविसमा गैरकानुनीरुपमा हँुदै आएको अवैध गाँजा खेती विस्थापन गर्न एकीकृत योजना बनाइने छ । पश्चिम मकवानपुरको मनहरीमा भएको ‘गैरकानुनी गाँजा खेतीको विकल्पका रुपमा आयमूलक खेती सञ्चालनसम्बन्धि अन्तक्र्रिया’ ले यस्तो निष्कर्ष निकालेको थियो ।
अन्तक्र्रियाले दीर्घकालिन र अल्पकालिन कार्ययोजना बनाउने जिम्मेवारी प्रदान गरेको थियो । अन्तक्र्रियामा सहभागीहरुले गाँजाको विकल्पका रुपमा सडक मागेका थिए । अन्तक्र्रियामा विस्तृत योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको औंल्याइयो । जिल्लास्तरमा राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय एक भएर अगाडि बढेपछि सहयोगका लागि सरकालाई आग्रह गर्न सजिलो हुने औंल्याइयो ।
स्थानीय प्रशासनले गाँजाको विकल्पका लागि गृह मन्त्रालयलाई जानकारी गरायो । तत्कालिन जिविसको स्थानीय विकास कोषमा रहेको ८ लाख रुपियाँ विभिन्न आयमूलक खेतीका लागि प्रयोग गर्ने निर्णय अन्तक्र्रियाले ग¥यो ।
गाविसका सचिवहरुले गाउँमा तत्काल गाँजाको विकल्पमा आयमूलक खेती व्यबस्था गर्न नसके भोकमरि सिर्जना हुने बताए । सचिवहरुले गाउँमा मकैका झुत्ता र कुखुरा हराउन थालेको बताएका थिए । उनीहरुले तत्काल आयमूलक रोजगार वा अन्य खेती आवश्यक रहेको बताएका थिए ।
प्रहरीले बारम्बार गाँजा नष्ट गर्दै आए पनि गाउँमा गाँजा झुल्न रोकिएको छैन । प्रहरीले सरिखेत, राक्सिराङ, भार्ता, खैराङ, काँकडा, कालिकाटार, नामटार र डाँडाखर्कमा गरिएको व्यावसायिक गाँजा खेती नष्ट गर्दै आएको छ । पटकपटक गाँजा किसानलाई बैकल्पिक खेती उपलब्ध गराउन बैठक बसे पनि हालसम्म ठोस काम अगाडि बढेको छैन । केन्द्रीय सरकारले सुनेकै छैन ।
यस्तो समस्यासँगै मकवानपुरमा अर्को पनि समस्या छ, घरेलु मदिराको । धेरै स्थानमा घरेलु मदिरा बनाउने र बिक्री वितरण गर्ने कार्य भइरहेको छ । प्रहरीले घरेलु मदिरा र ओसारपसारमा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएर धेरैलाई कारबाही गर्दै आएको छ । विशेषगरी आर्थिक विपन्नहरु बाध्य भएर यस्तो अवैध पेशा अँगाल्दै आएका छन् ।
गाउँलेले हालसम्म गाँजाको उचित विकल्प नपाए पनि मनहरी गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा लाग्दै आएका महिलालाई त्यसबाट छुटकारा दिलाउन नयाँ फर्मूला प्रयोगमा ल्याएको छ ।
अवैध मदिरा उत्पादन गर्दै आएकालाई समूह बनाएर बाख्रा बितरण सुरु गरिएको हो । गाउँपालिकाले ६ नम्बर वडास्थित सुनाचुरीको खयरघारीमा ७ जना महिलाको समूह बनाएर १८ वटा बाख्रा, पाठी तथा एउटा ब्याडे बोका सहयोग गरेको छ ।
‘बाध्य भएर घरेलु मदिरा बनाउने र बेच्ने गर्दै आएकालाई लक्षितवर्ग कार्यक्रमअन्तर्गत् डेढ लाखको बाख्रा, पाठी र बोका सहयोग गरेका छौं,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–घरेलु मदिरा उत्पादन र बेचबिखन गर्दै आएकालाई विकल्प दिनेछौं ।
घरेलु मदिरा उत्पादन र बिक्री गरेका कारण उनीहरुलाई कानुनी दायरामा ल्याउनुपूर्व विकल्प दिनुपर्छ भन्ने उद्धेश्यले समूह बनाएर सहयोग अभियान सुरु गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
सुनाचुरीका करिब ८० प्रतिशत महिला घरेलु मदिरा उत्पादन र बिक्री छोडेर गाईबाख्रा पालनमा लागेको गाउँपालिकाको दाबी छ । सुनाचुरीको भुलचोकमा यसअघि गाउँपालिकाले महिलाका लागि दुग्ध सहकारी दर्ता गरेको थियो । हाल दैनिक करिब ६ सय लिटर दूध संकलन हुँदै आएको बताइएको छ ।
प्रतिक्रिया