स्वर्गद्वारीको पानी कुवामा परि एकको मृत्युु


प्युठान ।
धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीको खानेपानीको कुवामा परि एक जनाको ज्यान गएको छ । शनिबार मध्दान्न १२ वजे स्वर्गद्वारी नगरपालिका २ जोगिमाराका ४६ बर्षीय नेत्र बहादुर खत्रीको खुवामा खसेर ज्यान गएको इलाका प्रहरी कार्यालय , भिंग्रीका प्रमुख इन्सपेक्टर इश्वर देव गिरीले जानकारी दिए।

खत्री स्वर्गद्वारीमा लाग्ने बैशाखे पुर्णिमा मेला हेरेर पानी खाने क्रममा ज्यान गएको हो । उनी करिव १० वजे घरबाट स्वर्गद्वारी आएका थिए ।