जीपको ठक्करबाट बाबु छोराको मृत्यु


सर्लाही ।
मलंगवा नवलपुर सडकको हरैयामा जीपको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। शनिबार नवलपुरबाट मलंगवा तर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराई रहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा छोरा लक्ष्मण घटना स्थलमै र बाबू जयसीको उपचारको लागि लैजादै गर्दा मृत्यु भएकोे हो। मृतक दुबैको शव परिक्षणका लागि अस्पताल मलंगवा पठाउने तयारी भैरहेको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नवलपुर सडक कालोपत्रे भएपछि पछिल्लो समय सवारी दुर्घटना निकै बढन थालेको छ।