राजदेवी दर्शन गर्न आएका श्रद्धालुको मृत्यु


सुभेन्द्र दास, लहान ।
सिरहा स् राजदेवी दर्शनका लागि आएका एकजना श्रद्धालुको मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा मेला भर्न आएका श्रद्धालुको अत्याधिक गर्मीका कारण शनिबार मृत्यु भएको हो।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी ४०र४५ वर्षीय बालगोपाल यादव रहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। उनका अनुसार मृत्यक यादव भिडभाड र गर्मीका कारण बेहोस भएको थियो।

तत्कालै मेला समितिले प्राथमिक उपचार गर्दैगर्दा उनको मृत्यु भएको हो। भाकल भर्न जनकपुर उपमहानगरपालिका ४ बाट मन्दिर आएका रमेश चौधरीका अनुसार गर्मीले दर्जनौं श्रद्धालुहरु बेहोस हुने गरेका छन्।

‘मन्दिरमा लाखौँ भक्तजन मेला हेर्न आएका छन्,’ उनले भने,‘प्रवेशद्वार साँघुरो हुँदा भिडभाड भएको छ ।’ भिडभाड र गर्मीले गर्दा आवतजावतमा समस्या भएको उनले सुनाए ।