सवारी दुर्घटनामा चारको मृत्यु


काठमाडौं ।
सिन्धुपाल्चोक, सिराहा, मकवानपुर र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

दुर्घटनामध्ये सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(७ चार किलोस्थित सडकमा बा।५ ख ८३१८ नम्बरको भ्यानले बाटो निर्माण गर्ने कामदार सोही स्थान बस्ने ६५ वर्षीया धनमायाँ सार्कीलाई शुक्रबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिराहा, कल्याणपुर नगरपालिका १० रमना बन्ठियास्थित सडकमा स।१ त ५५१६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने १२ वर्षीया संध्या कुमारी मण्डलको शुक्रबार राति मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकमा ना।७ ख ९३६ नम्बरको बस र ना।७ ख २०५७ नम्बरको बस शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ना।७ ख २०५७ नम्बरका बस चालक उदयपुर घर भएका ४० वर्षीय मानबहादुर मगरको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै बसमा सवार ३० जनामध्ये १६ जनाको चुरेहिल अस्पताल र १४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, पथरी सनिश्चरे नगरपालिका(२ स्थित ना।५ ख ३०२६ नम्बरको ट्रक र को।९ प ५८८३ नम्बरको मोटरसाइकल शनिबार बिहान एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक लेटाङ(९ जाते बस्ने २६ वर्षीय राधे जोगीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पथरी सनिश्चरे नगरपालिका(७ मंगलबारे बस्ने ३३ वर्षीय उमेश जोगीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएका स्थानमा तत्काल स्थानीय प्रहरी टोली खटिई गई उद्दार कार्य एवम् थप अनुसन्धान गरिरहेको छ ।